September 7, 2024

सगरमाथा जलविद्युतको आईपीओ खुला

सगरमाथा जलविद्युतको आईपीओ खुला

काठमाडौं, ८ चैत । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले बुधबार (आज)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले यसअघी आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरि सकेको छ । दोश्रो चरणमा कम्पनीले २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो ।

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ कम्पनीले जनाएको छ । । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर वेव र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

यस कम्पनीले इलाम जिल्लामा प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार रहेको ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार रहेको छ ।

त्यस्तै सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड कायम हुनेछ ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content