September 7, 2024

उज्यालो ओखलढुंगा अभियानलाई पूर्णता दिन सांसदहरु प्राधिकरणमा

उज्यालो ओखलढुंगा अभियानलाई पूर्णता दिन सांसदहरु प्राधिकरणमा

काठमाडौं, ३० फागुन । उज्यालो ओखलढुंगा अभियान सफल बनाउने उद्देश्यका साथ ओखलढुंगाका सांसदहरु नेपाल विद्युत प्राधिकरण पुगेका छन् । उक्त अभियानलाई पूर्णता दिन नेपाली कांग्रेसका केन्द्रि सदस्य एवं संघीय सांसद रामहरि खतिवडा र कोशी प्रदेशका सभामुख एवं ओखलढुंगा (२) का प्रदेश सांसद बाबुराम गौतम सहितको टोलीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भेटेर ध्यानाकर्षण गराएका हुन् ।

लामो समय सम्म विद्युतको समस्या झेल्दै आएको ओखलढुंगाका सबै (७५) वडामा केन्द्रीय प्रसारण लाइन विस्तारमा जिल्लाका सांसदहरु जुटेका छन् । जिल्लाभर विद्युत विस्तार चुनावी एजेण्डा समेत रहेकाले सबै वडामा विद्युत विस्तारको अभियान नै चलाउने सांसद रामहरि खतिवडाले बताए । उनले उज्यालो ओखलढुंगा अभियान सफल बनाउने उद्देश्यका साथ निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्षण गराएको खतिवडाले बताए । १ अर्ब जिल्लाभर विधुतिकरण्का लागि टेन्डर भइसकेको बताउदै खतिवडाले ओखलढुंगाका ८ स्थानीय तहका प्रमुख र सरोकार समेतको बैठक बोलाइ जिल्लामा विशेष छलफल गर्ने सहमति भएको जानकारी दिए ।

गत निर्वाचनमा गठबन्धनका नेताहरुले जनतामाझ गरेका बाचा पुरा गर्न सांसद खतिवडा सहितको टोली प्राधिकरण पुगेर ओखलढुंगाको विद्युतीकरणलाई प्राथमिकता दिन माग गरेको कोशी प्रदेशका सभामुख गौतमले जानकारी दिए । जिल्लाका ७५ वटै वडामा केन्द्रीय प्रसारण लाइन विस्तार गरेर उज्यालो ओखलढुंगा अभियान सार्थक बनाउने कामलाई पूर्णता दिन ध्यानाकर्षण गराएको सभमुख गौतमले बताए ।

भेटमा कार्यकारी निर्देशक घिसिङले यसअघि नै १ अर्ब बजेट पठाएर टेन्डर भइसकेकोले काम समयमा सम्पन्न गर्न जिल्लाका सबै सरोकारवालाले भूमिका खेल्नुपर्ने बताएका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content