शहिद तथा बेपत्ता परिवारलाई सम्मान

ओखलढुंगा । ओखलढुंगा जिल्ला भित्रका शहिद तथा बेपत्ता परिवारलार्ई सम्मान गरिएको छ । शहिद सप्ताहको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द), नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को संयुक्त आयोजनामा आइतबार एक कार्यक्रम गरि सम्मान तथा अभिन्नदन गरिएको छ । १० वर्षे जनयुद्धका क्रममा शहिद तथा बेपत्ता भएका परिवारलाई सम्मान गरिएको हो ।

माओवादी केन्द्रका ओखलढुंगा जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य चम्पा कार्की ‘आशा’, नेकपा जिल्ला इन्चार्ज लक्ष्मण पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य रुद्र फुयाँलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्मान तथा अभिन्नदन कार्यक्रममा शहिद इन्द्रकुमार दाहाल (विकास) का आमा दसुदा दाहाल, शहिद सुवास राईका बुहारी छिमा राई, शहिद लालबहादुर बोगटी (कैलाश) का आमा कृष्णमाया बोगटी, शहिद रमेश दाहालका बुबा खडानन्द दाहाल, शहिद विष्णु प्रसाद दाहाल (गोपाल) का दाजु राम प्रसाद दाहाल, शहिद ज्ञान नारायण कटुवाल छोरा वसन्त कटुवाल, बेपता भवनाथ धमलाको बुबा गोविन्द प्रसाद धमला र बेपता मनिराज राई (प्रदिप) का दाई भिम राईलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।

कार्यक्रमको अध्यक्ष नेकपा ओखलढुंगा जिल्ला सचिव बोज बहादुर खत्रीले गरेका थिए भने कार्यक्र संचालन वाइसिएल प्रदेश सह संयोजक सन्तोष जि.एमले गरेका थिए ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *