October 4, 2024

हरिबहादुर बिसीको ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक विमोचन

हरिबहादुर बिसीको ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक विमोचन

काठमाडौं । लेखक हरिबहादुर बिसीद्वारा लिखित पुस्तक ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ विमोचन भएको छ । मंगलबारबार रिपोर्टर्स क्लब नेपालमा जनसार्क समन्वय मञ्च नेपालको आयोजनामा पुस्तक विमोचन भएको हो ।

पुस्तकको विमोचन कार्यक्रममा प्रमुख अतिथि भैरव रिसाल विशिष्ट अतिथि रिपोर्टर्स क्लब नेपालका अध्यक्ष पत्रकार ऋषि धमला, विशिष्ठ अतिथिमा गीतकार एवं साहित्यकार यादव खरेल, त्रिवीअन्तर्गत त्रिचन्द्र क्याम्पसका इतिहास विभागका विभागीय प्रमुख प्रा.डा गोविन्दमानसिंह कार्की, योजनाविद् एवं शिक्षाविद् बुद्धिबहादुर बुढाथोकीले संयुक्त रुपमा विमोचन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भैरव रिसालले लेखक बिसीको पुस्तक अत्यन्त उपयोगी रहेको भन्दै प्रसंशा गरे । उनले पुस्तक पढ्नुमात्र ज्ञान होइन विभिन्न ठाउँहरु घुमेर पनि ज्ञान लिन सकिने बताउँदै विभिन्न ठाउँहरु घुम्न आग्रह गरे ।

त्यसैगरी रिपोर्टर्स क्लबका अध्यक्ष धमलाले आजको कार्यक्रममा समाजको सबै तह र तप्काका व्यक्तित्वको उपस्थिति रहेको भन्दै उत्कृष्ट कार्यक्रमको संज्ञा दिए । उनले लेखक बिसीले एकदमै राम्रो पुस्तक लेखेको भन्दै सबै नेपालीले उक्त पुस्तक एकपटक पढ्नुपर्ने सुझाव दिए ।

धमलाले पृथ्वीनारायण शाहदेखि २०६२–६३ सम्मको इतिहास उक्त पुस्तकमा पाइने भएकाले बिसीको किताब आफ्नो जीवनको विश्वविद्यालय भएको बताए । अध्ययन नै मान्छेको जीवनको सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै आफूले बिसीद्वारा लिखित पुस्तक पढ्नुभयो जनता जान्न चाहन्छ भनेर सोध्ने बताए ।

लेखक बिसीले आफ्नो पुस्तकमा पृथ्वीनारायण शाहको पालादेखि अहिलेको समसामयिक राजनीतिक घट्नाक्रमलाई समावेश गराएको बताए । इतिहास सबै विज्ञानको आमा भएको भन्दै यो पुस्तक भावी सन्ततीहरुका लागि उपयोगी भएको उनले बताए ।

कार्यक्रमका अर्का वक्ता त्रिचन्द्र क्याम्पसका इतिहास विभागका विभागीय प्रमुख प्रा.डा गोविन्दमानसिंह कार्कीले लेखक बिसीको पुस्तकमा पृथ्वीनारायण शाहको पालादेखि आजसम्मको घट्नाक्रम समेटिएको भन्दै उक्त पुस्तक गाइडबुक भएको बताए । यो पुस्तकले नेपालको इतिहास लेखनमा एउटा छुट्टै इतिहास स्थापना गरेका उनको ठम्याँइ छ ।

कार्यक्रमका विशिष्ठ अतिथि यादव खरेलले टिम बसेर गर्नु पर्ने काम, प्रज्ञा प्रतिष्ठानले गर्नुपर्ने काम लेखक बिसीबाट भएको भन्दै बिसीको प्रसंशा गरे ।

विं.स. २००१ सालमा उदयपुरमा जन्मिएको विसी निजामतिको सेवाको उपसचिवबाट निवृत हुन् । उनले शिक्षण पेशामा पनि करिब तीन वर्ष बिताएका थिए । उनी हाल जन सार्क समन्वय मञ्चका अध्यक्ष छन् । उनले थुप्रै संघ सस्थामा आवद्ध भएर काम गरेका छन् । उनले गोरखा दक्षिणबाहु पाँचौ, शुभराज्यभिषेक पदक, दिर्घसेवा पदक, जनपदसेवा पदक जस्ता थुप्रै पदकहरु पाएका छन् ।

उनले नेपालको राजसंस्था उदय र अस्त, २०६७ नाम पुस्तक लेखेका थिए भने त्यसैको दास्रो संस्करणका रुपमा नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्मको इतिहास पुस्तक बजारमा ल्याएका छन् ।

सम्बन्धित खबरहरु

Skip to content