February 10, 2025

प्रदेश १ सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध चयन

प्रदेश १ सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध चयन

विराटनगर । प्रदेश १ मा सभामुखमा नेकपा माओवादी केन्द्रका ओखलढुंगा ‘ख’ प्रदेशसभा सदस्य बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । पुस २८ गते हुने सभामुखको निर्वाचनका लागि उनको एकल उमेदवारी रहेको हुँदा प्रदेश एकमा सभामुखमा उनी निर्वीरोध भएका हुन् ।

सभामुख निर्वाचनका लागि मंगलबार बसको प्रदेशसभाको दोस्रो बैठकले कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका अनुसार सभामुखका लागि मंगलबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुने समय हुँदा अन्य कसैको पनि उमेदवारी नपर्दा उनी निर्वीरोध निर्वाचित भएका छन् ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी गौतम प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी) का कमल जबेगुको समर्थनमा गौतामले उम्मेदवारी दर्ता गरेका थिए ।

प्रदेशमा सभामुखका लागि पुस २८ गते बिहान ११ बजे निर्वाचन हुने कार्यतालीका रहेको छ ।

सभामुख निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने निर्णय गरेको थियो । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता उद्धव थापाले आफूहरु सभामुखमा उम्मेदवारी नदिने जानकारी दिए । कांग्रेसले उम्मेदवारी नदिने बताएसँगै सभामुखमा गौतम निर्विरोध निर्वाचित हुने भएका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content