ओखलढुंगा । सत्ता गठबन्धनबाट प्रदेश सभा क्षेत्र नं २ मा उम्मेदवार बनेका माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतमले ओखलढुंगा विकासको निर्माण गर्नका लागि आफुले उम्मेदवारी दिएको बताए । मतदाता र गठबन्धनका नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता गौतमले आफूले निर्वाचन जितेपछि ओखलढुंगाको विकास गर्नका लागि लागि पर्ने बताएका हुन् ।
उनले भने निर्वाचन जितेपछि संघ र प्रदेश सरकारसँग समन्वय गरेर विकासका काम गर्ने छु । उनले सांसद बनेपछि गठबन्धनको मर्म अनुसार ५ वर्ष चल्ने प्रतिवद्धता जनाएका छन् ।
गौतमले प्रदेश र संघ दुवै तर्फ गठबन्धनका उम्मेदवाहरुलाई मतदान गर्न अपिल गरेका छन् । संघमा काँग्रेसका रामहरि खतिवडालाई गठबन्धनको समर्थन छ ।