February 10, 2025

जसपका दलित समुदायका प्रत्यक्ष उम्मेदवार शान्त बहादुर घतानी (प्रदिप) ओखलढुङ्गा ‘ख’ बाट चुनाव लड्दै

जसपका दलित समुदायका प्रत्यक्ष उम्मेदवार शान्त बहादुर घतानी (प्रदिप) ओखलढुङ्गा ‘ख’ बाट चुनाव लड्दै

काठमाडौं । आसन्न मङ्सिर ४ को संघ तथा प्रदेशको निर्वाचनमा ओखलढुङ्गा ‘ख’ बाट जसपाको छाता चुनाव चिन्हबाट दलित समुदायका युवा नेता शान्त बहादुर घतानी (प्रदिप) प्रत्यक्ष चुनाव प्रतिष्पर्धा गर्दै छन् । सम्भवत प्रदेश नं. १ भरिमै उनि एक मात्र दलित समुदायका प्रत्यक्ष उम्मेदवार हुन् ।

बिगत लामो समयदेखि समाजसेवा गर्दै सामाजिक न्याय, समानता र लोकतन्त्र सबलीकरणको पक्षमा वकालत गर्दै आएका उनले समाज रुपान्तरणमा निरन्तर सक्रिय एक इमान्दार र बौद्विक नेताको रुपमा आफ्नो पहिचान बनाएका छन् । संघियता, सुशासन, समाबेशी राज्य, पूर्ण समानुपातिक प्रतिनिधित्व र सबैखाले विभेदहरुको अन्त्यका लागि आफु राजनीतिमा होमिएको उनले बताए ।

पुराना ठुला दलहरुले भाषणमा मात्र महिला, दलित र युवाका कुरा गरेको तर टिकट दिने बेला भेदभाव गरेकोले जनताले निष्पक्ष न्याय गरी सक्षम युवालाई अवसर दिने उनको भनाइ छ । चुनावको बेला मात्र घरघरमा पुग्ने तर चुनाव जितिसकेपछि हराउने, युवा जतिलाइ खाडी कुद्न बाध्य पार्ने पार्टी र नेतालाई जनताले अब भोट होइन चोट दिएर सबक सिकाउनु पर्ने उनको तर्क छ । उनले भने, ‘पूर्वको कर्णाली भनेर चिनिने ओखलढुङ्गाको पहिचान बदल्न, ओखलढुङ्गाका जनताको जिवनमा समग्र परिवर्तन ल्याउन आफुले उम्मेदवारी दिएको छु ।’

ओखलढुङ्गाका जनताको दुःख र पिडालाइ नजिकबाट देखेको र अनुभूति गरेको छु र यी दुःखहरुलाई सुख र खुसीमा परिणत गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउनेछु । सहज शिक्षा, स्वास्थ्य, बाटो र रोजगारी जस्ता समस्याहरुको हल गर्न र समग्र सामाजिक रुपन्तरणका लागि म जस्ता तल्लो तहबाट संघर्ष मार्फत उठेका सक्षम युवालाई जनताले अवस्य अवसर दिनु हुन्छ भन्ने कुरामा ढुक्क छु । हिजो मेरो बाउ बाजेले कुटो कोदालो हसिया आदि बनाई समाजलाई दिएको देनलाई समाजले त्यो गुण तिर्न पनि समाजका सबै सचेत युवा, महिला, किसान, मजदुर, बुद्धिजिबीले मलाई मत दिई सेवा गर्ने अवसर दिनेमा आशावादी छु । मेरा जनता नै भगवान रुपी न्यायधीश हुन् उहाँहरुलाई म अगाध प्रेम र सम्मान गर्छु र मलाई मेरा जनताले प्रेम र विश्वास गरी आफ्नो अमुल्य मतले एक जना दलित समुदायको सक्षम इमान्दार युवालाई न्याय गर्नु हुनेछ’ घतानी भन्छन् ।

उनले भ्रष्टाचार, नातावाद र चाकडिवादले राजनीति र समाजलाई दुषित बनाएकोले आफु त्यसबाट टाढा रहदै महिला, मजदुर, किसान, युवा र जेष्ठ नागरिकको हित र उत्थानमा सदा संगै रहने प्रतिबद्दता गरेका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content