September 8, 2024

प्रेरणा विद्याश्रमद्वारा उसु खेलाडीलाई पोसाक वितरण

प्रेरणा विद्याश्रमद्वारा उसु खेलाडीलाई पोसाक वितरण

काठमाडौं । प्रेरणा विद्याश्रम स्कुलद्वारा ललितपुर जिल्लाबाट उसु खेलमा छनौट भएका खेलाडीहरुलाई पोशाक वितरण गरेको छ । हरिसिद्धि उसु क्वानको हलमा हरिसिद्धि उसु क्वानका प्रशिक्षक राम गोपाल महर्जनको सभापतित्वमा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा खेलाडीलाई पोसाक वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रेरणा विद्याश्रमका प्रधानाध्यापक हिरा बहादुर महर्जनले विद्यालयको तर्फबाट ललितपुर जिल्लाका उसु खेलाडी तथा प्रशिक्षकहरुलाई पोशाक वितरण गरेका थिए । उनले छनौट भएका खेलाडीहरुलाई शुभकामना दिदै पे्ररणा विद्यालयमा अध्यनरत खेलाडीहरुलाई छात्रवृतिको व्यवस्था गरिदेने बताए । महर्जनले छनौट भएका खेलाडीहरु मध्ये विद्यालयका खेलाडीहरुले नवौं राष्ट्रिय खेलमा पदक जितेमा विद्यालयको तर्फबाट नगद पुरस्कारले सम्मान गर्ने बताएका छन् ।

कार्यक्रममा विषेश अतिथिको रुपमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन तथा ललितपुर महानगरपालिकाका वडा नं. २८ र २९ का वडा अध्यक्षद्वय विरेन्द्र महर्जन र गणेश कुमार महर्जन उपस्थित भएका थिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा वडा अध्यक्षले खेलकुदको विकास, प्रवर्द्धन, विस्तार तथा खेलाडीहरुको हौसला वृद्धिका लागि सधै लागि पर्ने बताएका छन् । २८ नं. वडा अध्यक्षले राष्ट्रिय खेलकुदमा उत्कृष्ट नतिजा ल्याउने ललितपुरका उसु खेलाडीहरुलाई वडाको तर्फबाट विशेष सम्मानको घोषणा गरेका छन् ।

कार्यक्रमका सभापति तथा हरिसिद्धि उसु क्वानका प्रशिक्षक महर्जनले हिन्दुहरुको महानचाड विजया दशमीको शुभकामना सहित नवौं राष्ट्रिय खेलकुदमा सहभागि ललितपुर जिल्लाका उसु खेलाडीहरु स्नेहा महर्जन, मोनिका स्याङ्गतान, विवेक मण्डल, विपन थापा, अर्जुन तामाङ, अनिश परियार, विदेश श्रेष्ठ तथा प्रशिक्षक मन्जुर महर्जनलाई बिदाइ गरेका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content