काठमाडौं । नेपाल मगर संघ ओखलढुंगा–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा कुशल आले मगर निर्वाचित भएका छन् । काठमाडौंको अनामनगर स्थित तमु बौद्ध सेवा समाजको सभा हलमा १८ गते शनिबार सम्पन्न ओखलढुंगा काठमाडौं सम्र्पक समिति पाचौँ अधिवेशन तथा सम्मान कार्यक्रममा आले मगर निर्वाचित भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा तिलक बहादुर थापा, महिला उपाध्यक्षमा धन कुमारी मगर सचिव सन्तोष थापा मगर, सहसचिवमा डिभि मगर, कोषाध्याक्ष पवित्रा मगर सहकोषाध्यक्ष सकुन मगर सहित २७ जना समितिमा निर्वाचित भएका छन् ।
अधिवेशन तथा कार्यक्रम नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर प्रमुख आतिथ्यतामा सम्र्पक समितिका अध्यक्ष रोशन पुलामी मगरको अध्यक्षतामा खुल्लासत्र तथा उद्घाटन समारोह भई निर्वाचन मण्डल गठन गरि सम्पन्न भई बन्दसन्त्र शुरु भएको थियो ।
बन्दसत्रमा माननीय अम्बिरबाबु गुरुङ संघका सहअध्यक्ष गंगा थापा मगर, गंगा खासु मगर महासचिव टेक नाम्जाली मगर सम्र्पक समन्वय केन्द्रिय महासचिव र केन्द्रीय सदस्य तथा ओखलढुंगाका इन्चार्ज सन्तोष मगरको विशिष्ठ अतिथ्यता तथा अन्य अतिथिहरु, मगर समुदायको बुद्धिजिवी, प्रतिनिधि, शुभचिन्तकको उपस्थितिमा सम्पन्न भएको थियो ।
ओखलढुंगा जिल्लाबाट काठमाडौं आई स्थायी, अस्थायी रुपमा व्यापार व्यवसाय, जागिर तथा अध्ययन गरेर बसोबास गर्ने सम्पूर्ण मगरहरुलाई समेटी दुःख सुखमा सहयोग पुग्ने हेतुले ०६४ साल स्थापना भएको सम्र्पक समितिका संस्थापक अध्यक्ष कुमार थापा मगर, ०७९ सालको स्थानीय तहमा मगर समुदायबाट निर्वाचित प्रतिनिधीहरु र समाजमा विशिष्ठ योगदान गर्ने मगर समुदायका महानुभावहरुलाई सोही अवसरमा सम्मान कार्यक्रम गरिएको थियो ।