February 10, 2025

बागमति प्रदेश सभा सदस्यमा इन्जिनियर वन्जरा सिफारिस

बागमति प्रदेश सभा सदस्यमा इन्जिनियर वन्जरा सिफारिस

काठमाडौं । बागमती प्रदेश सभा सदस्यमा युवा इन्जिनियर भरत प्रसाद वन्जारा सिफारिस भएका छन् । वन्जरा सिफारिस भएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा बागमती प्रदेश सभा सदस्यका लागि काभ्रेपलान्चोकको प्रदेश १ ‘ख’ बाट समानुपातिकतर्फ उनको नाम सिफारिस भएको हो । विगत १५ वर्षदेखि राजनीतिमा सक्रिय वन्जारा इन्जिनियरिङ पेशामासमेत सफल मानिन्छन् ।

उनले स्थानीय तहमा इन्जिनियरको भूमिकामा संयुक्त राष्ट्रसंघीय विकास परियोजना युएनडिपीमा स्थानीय शासन विज्ञको रुपमा पाँच वर्ष काम गरेका छन् ।

साथै उनी नेपाल इन्जिनियर्स एशोसिएशन काभ्रे शाखाका संस्थापक अध्यक्ष तथा नेपाली काग्रेस इन्जिनियरिङ विभाग काभ्रेका संस्थापक उपाध्यक्षको भूमिकामा समेत काम गरेर राजनीतिक क्षेत्रमा सक्रिय छन् ।

पनौती नगर समिति सदस्य बनेर सफल राजनीतिक क्रियाकलापमा संलग्न उनी निरन्तर ३ पटक क्षेत्रीय प्रतिनिधि निर्वाचित बनिसकेका छन् । लामो समय राजनीतिमा सक्रिय इन्जिनियर वन्जारा अबको काभ्रे कांग्रेसको राजनीति सक्षम, सबल र अनुभवी युवाहरुले सम्हाल्नुपर्ने बताउँदै आएका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content