वाइसिएल अब देश परिवर्तनमा लाग्नु पर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाइसीएल अब देश परिवर्तनमा लाग्नु पर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृह भृकुटीमण्डप काठमाडौंमा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिलाई सही दिशामा अगाडी बढाउन युवाको अग्रणी भूमिका हुने भदै वाइसीएल अब देश परिवर्तनमा लाग्नु पर्ने बताएका हुन् ।

उनले नेपालको कम्युनिष्ट आन्दोलनमा युवाहरुले गरेको योगदान र १० वर्षे जनयुद्वमा युवाहरुको भूमीका महत्वपुर्ण भएको बताए । जनयुद्वमा जनमुक्तीसोनाको कोटा चुक्ता गर्नका लागि वाइसिएलले खेलेको भुमीका आफुले विर्सन नसक्ने उनको भनाइ थियो ।

वाइसीएलले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनकै अग्रस्थान ओगट्न सफल भएको र कम्युनिष्ट पार्टीको उतराधिकारी भएको उनले बताए । वाइसीएल अब देश परिबर्तनमा लाग्नु पर्ने बताउँदै प्रचण्डले युवा नै देशको शक्ती रहेको बताए ।

प्रचण्डले नेपालको समाजवादी क्रान्तिकारी आधार निर्माण गर्न युवाहरु एक भएर लाग्न निर्देशन दिएका छन् । पार्टीमा ४० वर्ष कम उमेरका धेरै युवा समेटेको बताए । वाइसिएल पार्टीका भातृ संगठन भएपनि झण्डै झण्डै निर्णायक भूमिका खेलेको उनको भनाइ थियो ।

उनले जनयुद्धका बेलामा त्याग बलिदानका लागि अघि सर्ने र प्रतिस्पर्धा गर्नेहरु हिजोआज पद पाउनका लागि प्रतिस्पर्धा हुन लागेको बताए । उनले अब पद लागि प्रतिस्पर्धा हैन देश परिवर्तनका लागि प्रतिस्पर्धा हुनेपर्ने जोड दिए । प्रचण्डले वाइसियललाई आफूहरू सहायक संगठन भएको भन्दै विश्राम लिन छुट नभएको बताए ।

आज उद्घाटन भएको वाईसएलको राष्ट्रिय भेला भोली सम्म चल्नेछ । यो भेलाले संगठनको नेतृत्व समेत चयन गर्ने छ ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *