दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको भएको छ ।

जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ ।

जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *