December 11, 2024

एकैदिन २७ सय बढी सवारी चालक कारवाहीमा

एकैदिन २७ सय बढी सवारी चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यका विभिन्न ठाउँहरुमा एकैदिन २७ सय बढी सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४८ जना सवारी चालकलाई कारवाही गरेको हो ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा १४७ जना मादक पदार्थ सेवन (मापसे) गर्ने, लेन अनुशासन पालना नगर्ने ६६ जना, रेड लाइटमा सवारी चलाउने ११६ जना र नम्बर प्लेट स्पष्ट देखिने गरी नराख्ने ४६ जना सवारी चालक रहेका छन् । २ हजार ३७३ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबरहरु

Skip to content