March 17, 2025

थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८९५ जनामा संक्रमण पुष्टि जनाएकोे हो । मन्त्रालयका अनुसार ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ९३४ रहेको छ भने २६४ जना संक्रमणमुक्त भएका छन् ।

 

सम्बन्धित खबरहरु

भर्खरै