ओलीको गृहनगर दमकको मेयरमा राप्रपाका थापा विजयी

दमक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार राम थापा मेयरमा विजयी भएका छन् । उनले १४ हजार ५७० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १३ हजार ७०० मत प्राप्त गरेकी छिन् ।

उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १३ हजार ९३१ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १३ हजार ५३६ मत प्राप्त गरेका छन् ।
एमाले उम्मेदवार पराजित गर्दै मेयर बनेका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान उत्रिएका थिए ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *