सिद्धिचरण नगरपालिकामा कांग्रेसका प्रमुख, एमालेका उपप्रमुखमा विजयी

ओखलढुंगा । जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा सत्ता गठबन्धनबाट कांग्रेसका तेजन खनाल प्रमुखमा विजयी भएका छन् । उनले ६ हजार ७ सय ९१ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी इच्छाकुमारी गुरुङले ५ हजार ६ सय ५० मत प्राप्त गरिन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेका केदारबाबु बस्नेत विजयी भए । उनले ५ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रुपेश शाक्यले ५ हजार १ सय ८२ मत पाए ।

त्यस्तै नगरपालिकाको १२ वडा मध्ये ९ वटा वडामा वडा अध्यक्ष कांग्रेसले जितेको छ भने २ वटा वडामा वडा अध्यक्ष एमाले जितेको छ । एक वटा वडा अध्यक्ष माआवादी केन्द्रले जितेको छ ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *