ओखलढुंगा । नेपाली कांग्रेसले ओखलढुंगा जिल्लाका ८ वटा स्थानीय तहका वटामध्ये ७ वटा स्थानीय तहमा प्रमुख पदको उम्मेदवारको टुङ्गो लगाएको छ । माओवादीसँग गठबन्धनका कारण एक वटा स्थानीय तह भने माओवादी केन्द्रलाई दिएको छ ।
सिद्धिचरण नगरपालिकामा कांगे्रस जिल्ला सभापति तेजेन खनाल (तेजेन्द्र) उपप्रम्ुखमा माओवादी केन्द्रबाट रुपेश शाक्यको उम्मेदवार दिने दिने भएका छन् भने सुनकोशी गाउँपालिकाअध्यक्षमा कमल तामाङ र उपाध्यमा सुनिता अधिकारीको उम्मेदवारी रहने भएको छ ।
त्यसैगरी लिखु गाउँपालिका अध्यक्षमा अशोक कार्की उम्मेदवारी रहेको छ । भने मोलुङ गाउँपालिकमा प्रकाश दाहालको उम्मदवारी रहने भएको छ ।
त्यस्तै मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्ष माया राईको उम्मेदवार रहने भएको छ । चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसी उम्मेदवार रहने रहेको छ ।
खिजिदेम्बा गाउँपालिका अध्यक्ष भुपेन्द्र बस्नेत उपाध्यक्षमा सुशीला तामाङको उम्मेदवारी रहेको छ । भने चिसंखुगढी गाउँपालिकामा भने गठबन्धनका कारण माओवादीलाई दिएको छ ।
सिद्धिचरण नगरपालिका उपप्रमुख, लिखु गाउँपालिका, मोलुङ गाउँपालिका, चिसंखुगढी गाउँपालिका र चम्पादेवी गाउँपालिका को उपाध्यक्षको पदमा भने कांग्रेसले माओवादीलाई दिएको छ ।







