September 7, 2024

नेकपा माओवादी केन्द्रले सिद्धिचरण नगरपालिका प्रमुख र उपप्रमुखमा ५ जना नाम सिफारिस

नेकपा माओवादी केन्द्रले सिद्धिचरण नगरपालिका प्रमुख र उपप्रमुखमा ५ जना नाम सिफारिस

ओखलढुंगा । वैशाख ३० गते हुन स्थानीय चुनावमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सिद्धिचरण नगरपालिका प्रमुख र उपप्रमुखको लागि ५ जनाको नाम सिफारिस गरेको छ । नगर प्रमुखमा कुलबहादुर नेपाली, गुण कुमार राई उपप्रमुखमा सन्तोष मगर, रुपेश शाक्य र चन्द्रिका फुयाललाई सिद्धिचरण नगर कमिटिले प्रमुख र उपप्रमुखका लागि सिफारिस गरेको हो ।

पार्टीमा कुलबहादुर नेपाली हाल सिद्धिचरण नगरपालिका इन्चार्जको रुपमा काम गरिरहेका छन् । नगर इन्चार्जका हैसियतले उनले नगर प्रमुखमा दाबी गरेपछि उनलाई नगर प्रमुख उम्मेदवारमा सिफारिस गरेको छ । त्यस्तै जिल्ला सह–इन्चार्ज गुण कुमार राईलाई पनि नगर प्रमुखमा सिफारिस गरेको छ । उनले जिल्ला सह–इन्चार्जको जिम्मेवारी लिएर पार्टीमा काम गरिरहेका छन् । ०७४ को स्थानीय चुनावमा वडा अध्यक्षमा उठिसकेको र हाल पार्टीमा जिल्ला सह–इन्चार्ज भएर काम गरिरहँदा उनले नगर प्रमुखको दाबी रहेको थियो ।

त्यसैगरी पार्टीको सहायक संगठन वाइसीएलको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सन्तोष मगरलाई उपप्रमुखमा सिफारिस गरेको छ । उनले ०७४ को स्थानीय निर्वाचनमा सिनपा १० बाट वडा अध्यक्षमा सम्मानजक भोट पाएका थिए । उनले माओवादी केन्द्र तथा अन्य पार्टीका नेतासँग राम्रो सम्बन्ध भएको र कार्यकर्ता सङ्ग राम्रो सम्बन्ध बनाएका कारणले उनले नगर प्रमुखमा आफ्नो दाबी गरेका थिए । तर पार्टीले उनलाई उपप्रमुखमा सिफारिस गरेको छ । उनलाई माओवादी केन्द्रको जिल्लाको चर्चित युवा नेताका रुपमा चिनिन्छ ।

त्यस्तै पार्टीका नगर अध्यक्ष रुपेश शाक्यलाई पनि पार्टीले नगर उपप्रमुखमा सिफारिस गरेको छ । उनले नगर अध्यक्षको हैसियतले र ०७४ को स्थानिय चुनावमा पनि नगर प्रमुखको उम्मेदवार भएकाले उनले नगर प्रमुखमा दाबी गरेका थिए । तर पार्टीले उनलाई यस पटक नगर उपप्रमुखमा सिफारिस गरेको छ ।

त्यसैगरी चन्द्रिका फुयाललाई पनि उपप्रमुखमा सिफारिस गरेको छ । उनी ०७४ सालको स्थानीय चुनावमा उपप्रमुख उम्मेदवार हुन् । यो पटक पनि उनलाई उपप्रमुखमा पार्टीले सिफारिस गरेको छ ।

सिद्धिचरण नगर कमिटिले नगपालिका प्रमुख र उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरि जिल्ला कमिटिमा पठाएको छ । यदि सहमतिमा उम्मेदवार छनोट भएको खण्डमा जिल्ला कमिटिले टुङ्गो लगाउने छ । सहमतिमा भएन भने जिल्ला कमिटिबाट प्रदेश कमिटिमा जाने नगर कमिटि इन्चार्ज कुलबहादुर नेपालीले जानकारी दिएका छन् ।

यदि गठबन्धन हुने भयो भने प्रमुख नेपाली कांग्रेस र उपप्रमुख माओवादीको भागमा पर्नेछ । उप प्रमुखका लागि सन्तोष मगर र रुपेश शाक्यमा एक जना उम्मेदवार छनोट हुनेछन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content