जनजाती आन्दोलन समयानुसार परिवर्तन गर्दै अघि बढ्ने महसंघको प्रतिबद्धता

काठमाडौं । नेपाल आदीवासी जनजाती महासंघको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पत्रकार सम्मेलन मार्फत आगामी दिनमा आदीवासी जनजाती आन्दोलन समायानुसार परिवर्तन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौंको नयाँबानेश्वर स्थित ईन्देणी फुडल्याण्डमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जनजाती आन्दोलनको प्रकृति समय सापेक्ष परिवर्तन र व्यवस्थित गर्दै अघि बढ्ने बताएको हुन् ।

जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले महासंघले विभिन्न १४ बुँदे प्रेस विज्ञप्ति मार्फत जनजातीहरुका हकअधिकारकालागि आफूहरुले विभिन्न १४ बुँदालाई ध्यानमा राख्दै जनजाती आन्दोलनलाई अगाडी बढाउने बताए । उनले नेपाल जनजाती महासंघको नवनिर्वाचित केन्द्रीय समितिले जातिय पहिचान सहितको संघियता, सामुहिक अधिकार सहितको स्वशासन र स्वायत्तता, संरक्षित, विशेष क्षेत्र र राज्यको हरेक निकायमा जातीय, जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षताको कार्यान्वयन हुनु पर्ने बताए ।

पत्रकारसँगको छलफलमा शेर्पाले आदीवासी जनजाति मन्त्रालयको स्थापना, बहुभाषिक नीति र शिक्षा विगतमा आदिवासी जनजातिसँग भएका सम्झौताहरुको कार्यान्वयन लगायतका मुद्दाहरू पूर्णरुपमा कार्यान्वयन नभएसम्म जनजाति माथिको विभेद, अन्याय तथा दमन अन्त्य नहुने उनको भनाइ थियो ।

कार्यक्रममा आदीवासी जनजाती पत्रकार महासंघ फोनिजका नवनिर्वाचित केन्द्रीय अध्यक्ष गजुरधन राईले जनजातिको हक अधिकारका विषयमा महासंघले उठाएका मुद्धामा फोनिजमा आवद्ध तथा अन्य पत्रकारहरुले जोडदार रुपमा उठाएर राज्यको ध्यान आकर्षण गराउनु पर्ने बताए ।

मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *