February 10, 2025

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै आज राती १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ ।

यस्तै मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।

आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भए पनि नबढाउने निर्णय लिएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै मूल्य बढाएको हो ।
निगमको विज्ञप्ति

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content