October 17, 2026

त्रिविमा शिक्षाध्यक्षसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

त्रिविमा शिक्षाध्यक्षसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न ६ वटा विश्वविद्यालयमा नयाँ शिक्षाध्यक्ष तथा रजिस्ट्रार नियुक्त गरेको छ।

प्रधानमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपतिहरूको सिफारिसमा पदाधिकारी नियुक्त गरेका हुन्। त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा.डा. अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन्।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. पन्ना थापा, पोखरा विश्वविद्यालयमा प्रा.डा. निर्मला जमरकट्टेल, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा.डा. तारादत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा डा. सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयमा डा. जीवन काफ्ले नियुक्त भएका छन्।

नवनियुक्त पदाधिकारीहरूले शिक्षा तथा खेलकुद मन्त्रालयमा पद तथा गोपनीयताको शपथसमेत लिएका छन्। सरकारले नयाँ नेतृत्वमार्फत विश्वविद्यालयको सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि र अनुसन्धानमुखी शिक्षा प्रणाली विकासमा जोड दिएको छ।

सम्बन्धित खबरहरु

भर्खरै