October 4, 2024

चम्पादेवी ककनी मन्दिर ओखलढुंगामा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न

चम्पादेवी ककनी मन्दिर ओखलढुंगामा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न

ओखलढुंगा । संयुक्त लोकतान्त्रिक बाम गठबन्धनले ओखलढुंगाको चम्पादेवी मन्दिरमा भव्य रुपमा चुनावी सभा सम्पन्न गरेको छ । आज हरिबोधनी एकादशीमा ठुलो मेला लाग्ने ओखलढुंगाकै प्रसिद्ध मन्दिर चम्पादेवीमा गठबन्धनले चुनावी सभा सम्पन्न गरेको हो ।

सभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरी खतिवडा, प्रदेशसभा सदस्य ‘क’ का प्रत्यक्ष उम्मेदवार प्रदिप कुमार सुनुवार प्रदेशसभा सदस्य ‘ख’ का प्रत्यक्ष उम्मेदवार बाबुराम गौतम, कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीका प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार तथा नेता कार्यकर्ता र स्थानीयको सहभागिता रहेको थियो ।

सभालाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य उम्मेदवार रामहरी खतिवडाले चम्पादेवीको विकासका लागि आफ्नो प्राणले भ्याएसम्म लागि पर्ने बताए । उनले आफू सांसद भएपछि चम्पादेवी वरिपरि नजिकै एउटा हेलिप्याड बनाउने बताए । उनले नवलपुर देखि पोकली झरणासम्मको बाटो चाडै पिच गर्ने प्रतिबद्धता जनाए । उनले भने ‘आफु दुई खुट्टा नभई हिड्न नसक्ने र एउटा खुट्टा दुई पटक जिल्ला सभापति भएका प्रदिप सुनुवार र अर्को खुट्टा भनेका बाबुराम गौतम हुन् ।’ त्यसैले सम्पूर्ण मतदाताहरुलाई गठबन्धनलाई भोट दिएर जिताउन आग्रह गरे ।

त्यस्तै प्रदेशसभा सदस्य ‘ख’ का प्रत्यक्ष उम्मेदवार बाबुराम गौतमले नवलपुरदेखि पोकली झरणासम्मको बाटो चाडै पिच गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पशुपति, मुक्तिनाथ, हलेसीमा आउने धार्मिक पर्यटकलाई एक पटक चम्पादेवी पनि आउने गरि चम्पादेवीको विकास गर्ने बताए ।

त्यसैगरी प्रदेशसभा सदस्य ‘क’ का प्रत्यक्ष उम्मेदवार प्रदिप कुमार सुनुवारले संविधानको विरोधीहरुका लागि गठबन्धन भएको बताए । उनले संविधान रक्षाको लागि फेरी पनि जनताल्ले गठबन्धनलाई भोट दिनपर्नेमा जोड दिए । उनले ओखलढुंगालाई धार्मिक पर्यटनका लागि विकास गर्न आफूहरु लागि पर्ने बताएका छन् ।

फोटो फिचर

सम्बन्धित खबरहरु

Skip to content