June 13, 2025

ओखलढुङ्गामा कार्यरत इन्जिनियर यादव घुस रकमसहित पक्राउ

ओखलढुङ्गामा कार्यरत इन्जिनियर यादव घुस रकमसहित पक्राउ

काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव ५ लाख ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यादव महोत्तरीको भंगहा नगरपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्दै आएका थिए । विशेष सूचना एवं उजुरी निवेदनका आधारमा गएको आयोगको टोलीले यादवलाई सेवाग्राहीबाट सो रकम लिइसकेको अवस्थामा लोकन्थलीबाट नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।

सम्बन्धित खबरहरु

भर्खरै