June 13, 2025

मोहन बस्नेतको सांसद पद स्वतः निलम्बित

मोहन बस्नेतको सांसद पद स्वतः निलम्बित

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन भएको छ। आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटाला प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै स्वत:निलम्बितमा परेका हुन्।

उनी सिन्धुपाल्चोक २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन्। बस्नेतसहित १६ जना प्रतिवादी रहेको उक्त मुद्दामा जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ।

सम्बन्धित खबरहरु

भर्खरै