May 20, 2025

रिहा भए लिङ्देनसहितका सात नेताकार्यकर्ता

रिहा भए लिङ्देनसहितका सात नेताकार्यकर्ता

काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई रिहा गरेको छ । नियन्त्रणमा लिइएको सातैजनालाई छाडिएको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिए ।

सिंहदरबार परिसरबाट पक्राउ परेका उनीहरूलाई झन्डै चार घण्टापछि छाडिएको हो । निषेधित क्षेत्रमा प्लेकार्ड प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखिएको थियो ।

सम्बन्धित खबरहरु