काठमाडौं । हङकङमा भएको चारदेशीय टी(२०आई सिरिजको उपाधि कुवेतले हात पारेको छ। आज नेपालसँगको खेलमा टस जितेर ब्याटिङ रोजेको कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको थियो।
नेपालले १९.३ ओभरमा १७१ रन बनाएर सबै विकेट गुमायो। कुवेतका लागि रविजा सान्दारुवनले ३६ बलमा ६३ रन बनाए। नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए।
नेपाललाई बसिर अहमद र नन्दन यादवले जित नजिक पुर्याए पनि पर्याप्त भएन। बसिर र नन्दनले एक समय ९२ रनमा ८ विकेट गुमिसकेको अवस्थाबाट खेललाई उकासेका थिए।
यसअघि टस जितेर बलिङ रोजेको नेपालले कुवेतलाई निर्धारित २० ओभरमा १७४ रनमा रोकेको थियो। उपाधिका लागि १७५ रनको लक्ष्य लिएर आएको नेपालका बसिर र नन्दनबाहेक कोही पनि ब्याटर चल्न सकेनन्।
ब्याटिङमा नेपालको सुरुवात नै खराब थियो। कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट भए भने कप्तान रोहित पौडेल पनि ७ रनमै पेभेलियन फर्किए।
चार देश सम्मिलित यस प्रतियोगितामा नेपाल उपविजेता बन्यो। समूह चरणमा भने नेपालले कुवेतलाई हराएको थियो।