काठमाडौं । एएफसी एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको छ । समूह ए अन्तर्गत मलेसियाको जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा भएको खेलमा नेपाल २–० ले पराजित भएको हो ।
मलेसियाले घरेलु मैदानमा सुखद सुरुवात गर्दै छनोट यात्रामा जित दिलाउन हेक्टोर हेभेल र ला’भेरे कोर्बिन ओङले एक–एक गोल गरे ।
कोर्बिन ओसले ७०औं मिनेटमा गोल गरेका थिए । मलेसियन क्लब जोहोर दारुल ताजिमबाट क्लब पुटबल खेल्ने कोर्बिन अनुभवी खेलाडीमा पर्छन् ।
एसियन कप छनोटको समूह बी मा मलेसियाले जितसहित ३ अंक जोडेको छ । नेपालले भने हारबाट छनोट यात्रा सुरु गरेको छ । नेपालले आगामी जुनमा लाओससँग अवे म्याच खेल्ने तालिका छ ।