April 21, 2025

महिला टी-२० क्रिकेट: नेपालले हङकङलाई हरायो

महिला टी-२० क्रिकेट: नेपालले हङकङलाई हरायो

काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हङकङलाई हराएको छ । शुक्रबार इन्टेबे क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् । यस्तै, पूजा महतोले अविजित २० र कप्तान इन्दु बर्माले १८ रन जोडिन् ।

हङकङकी मेहकदीप कौर र लिया वाङ कीले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको थियो । हङकङका लागि सान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन् । यस्तै, करी चानले १६ र यास्मिन दासवानीले १४ रन जोडिन् ।

बलिङतर्फ नेपालकी राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पूजा महतो र ईश्वरी विष्टले समान १-१ विकेट लिए ।

 

सम्बन्धित खबरहरु