काठमाडौं । कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो । यससँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।