March 16, 2025

जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुन्छन् : अध्यक्ष दाहाल

जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुन्छन् : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ३० औँ जनयुद्ध दिवसको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिएका छन् ।

उनले हजारौँ शहीदहरूको बलिदान र रगतबाट तथा हजारौँ बेपत्ता योद्धाहरूको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ वर्षसम्म रहने दाबी गरे । उनले कसैले मेटाएर जनयुद्ध नमेटिने भन्दै मेटाउने दुःसाहस गर्नेहरू खरानी हुने बताए ।

अध्यक्ष दाहालले जनयुद्ध दिवस जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस भएको बताए । उनले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रूपमा अगाडि लैजानुपर्ने जिकरि गरेका छन् । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक प्रयासहरू भएको भन्दै जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियान तथा बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रूपमा स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

‘जनयुद्ध दिवस साँच्चै सबै उत्पीडित नै जनता, समुदायको निम्ति राष्ट्रिय दिवस नै हो । यसलाई राष्ट्रिय दिवसकै रूपमा हामीले अगाडि लैजानुपर्छ । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरू पनि भएका छन् । तर मलाई के विश्वास छ भने हजारौँ शहीदहरूको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौँ बेपत्ता योद्धाहरूको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ सयौँ वर्षसम्म रहनेछ’ उनले भने । दाहाले कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुःसाहस गर्छ उही नै खरानी हुने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content