काठमाडों । नेपाल प्रिमियर लिग (एनपिएल)को आठऔं खेलमा जनकपुरले सानदार जित हात पारेको छ । पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै जनकपुरले जित हात पारेको हो ।
पोखराले दिएको १३८ रन पछ्याएको जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर १४३ रन बनायो । जनकपुरकालागि सर्वाधिक लाहिरु मिलान्थाको ४५,नीशमको अविजित ४०, आसिफ शेखले ३३ र हर्स ठाकेरले १३ रन जोडे ।
पोखराकालागि विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १–१ विकेट लिए । पहिलो इनिङ्समा पोखराले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन जोड्यो । पोखराका लागि म्याथु क्रिस्टले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५, दिनेश खरेल १०, रेमोन रेफर १७, दिलीप नाथले ११, कुशल भुर्तेलले ६ रन जोडे ।
जनकपुरका लागि ललित राजवंशीले ३, जेम्स निसमले २, मोहम्मद मोहसिन र किशोर महतोले समान एक एक विकेट लिए ।