December 11, 2024

नेप्सेमा ६२ अंकको वृद्धि, ९ अर्बको कारोबार

नेप्सेमा ६२ अंकको वृद्धि, ९ अर्बको कारोबार

काठमाडौं । आइतबार नेप्से परिसूचक ६२ अंकले बढेको छ । आज नेप्से ६२.५४ अंकले बढेर २७३८.०६ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२५ कम्पनीका २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।
आज गुँरास लघुवित्त, सृजनशील लघुवित्त र सुपर मादी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज सानिमा ग्रोथ फण्डको शेयर मूल्य सबैभन्दा बढी ६.७६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी सानिमा जिआइसी इन्सुरेन्सको ३८ करोड करोड ४ लाख ३७ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी एक लाख ४७ हजार ३५ कित्ता शेयर कारोबार भएको छ ।

 

सम्बन्धित खबरहरु

Skip to content