December 11, 2024

मानव तस्करीको आशंकामा कोशीका निवर्तमान मन्त्री अधिकारी पक्राउ

मानव तस्करीको आशंकामा कोशीका निवर्तमान मन्त्री अधिकारी पक्राउ

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारी आइतबार पक्राउ परेका छन् । अधिकारी विराटनगरस्थित निवासबाटै पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई आइतबारै दिउँसो काठमाडौं लैजाने तयारी गरिएको छ । अधिकारी कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री थिए ।

मानव तस्करीको आरोप लागेपछि उनी निलम्वनमा छन् । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई अधिकारीले तीनजना व्यक्ति लिएर जापान गएका थिए । जापानको अध्यागमनले विमानस्थलबाटै फर्काइदिएपछि मानव तश्करीको आशंका गरिएको छ ।

अधिकारीलाई कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरिसकेको छ । अधिकारीसँगै जापान गएका व्यक्तिमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु

Skip to content