December 11, 2024

दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिक र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ।
शनिबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रीत रहेर आम नागरिक र राष्ट्रिय शक्तिहरूको सहकार्यमा दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

‘मुलुकमा व्याप्त संगठित महाभ्रष्टाचार र कुशासन विरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन,’ केन्द्रीय समिति बैठकबारे जानकारी दिँदै बुर्लाकोटीले भनेका छन्।

सम्बन्धित खबरहरु

Skip to content