December 11, 2024

रोकिएन सेयर बजारको ओरालो यात्रा

रोकिएन सेयर बजारको ओरालो यात्रा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८८ अकंले घटेर २६७५.५१ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५५ प्रतिशतका दरले गुमाएका छन् ।

सम्बन्धित खबरहरु

Skip to content