काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गतको बुधबार हुने फाइनल खेलको प्रत्यक्ष प्रशारण तीन स्थानमा गर्ने भएको छ।
महानगरले बुधवार साँझ ६ः ३० बजेबाट हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौर र सानो गौचरणमा प्रत्यक्ष प्रशारण गर्ने बताएको हो।
नेपालले हालसम्म ५ पटक फाइनलमा पुगेर पनि उपाधि उचाल्न सकेको छैन भने बंगलादेश साविक विजेता हो।
महानगरले खेल धेरै दर्शकहरुलाई हेर्ने चाहना भएको तर, खेल मैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त नहुने भएकाले उक्त व्यवस्था गरिएको बताएको छ।
साथै महानगरले खेलको प्रवर्द्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका साथ प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान पनि सबैलाई आग्रह गरेको छ।