November 13, 2024

दोहोरो अंकले बढ्यो शेयरबजार

दोहोरो अंकले बढ्यो शेयरबजार

काठमाडौं । साताको दोस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से २७.४१ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २६ सय ४५.३६को बिन्दुमा कायम रहेको छ। बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ३४ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका ३०७ कम्पनी मध्ये २८ कम्पनीको मूल्य घटेको छ भने बाँकिको मूल्य बढेको छ । आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको ३३ करोड ७९ लाखको कारोबार भएको छ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content