काठमाडौं । सरकारले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । गृह मन्त्रालयले सहसचिव तथा उपसचिव गरी २७ जनाको सरुवा गरेको छ । जसमा केही जिल्लाका सीडीओहरू गृह मन्त्रालय तानिएका छन् भने केहीको सरुवा अर्को जिल्लामा भएको छ ।
गृह मन्त्रालयले भक्तपुरकी सीडीओ रोशनी श्रेष्ठको सरुवा गृह मन्त्रालयअन्तरगतको राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणमा गरेको छ भने उनको स्थानमा डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल आएका छन् ।