April 22, 2025

राजनीतिक प्रतिशोध साँध्न सभापतिलाई पक्राउ गरिएको होः रास्वपा

राजनीतिक प्रतिशोध साँध्न सभापतिलाई पक्राउ गरिएको होः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँध्नका लागि पक्राउ गरिएको बताएको छ।

पार्टीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले लामिछानेलाई पोखरा ल्याएर थुनामा राखेको १ सय २५ घण्टामा ४–५ घण्टामात्रै बयान लिनु नै राजनीतिक प्रतिशोध रहेको पुष्टि भएको बताए।

उनले भने, ‘हाम्रो सभापतिलाई दाल भात खुवाउन ल्याएको हो पोखरा ? देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो,’ उनले भने, ‘१२५ घण्टामा ४–५ घण्टामात्रै बयान भएको छ। कागजात पुगेन भनेर फेरि म्याद थप्ने तयारी गरेको छ।’

उनले न्यायपालिकाबारे आफ्नो पार्टीका कसैले नकारात्मक टिप्पणी नगरेको पनि बताए।

उनले भ्रष्टाचार गरेको हो भन्ने विषयमा कुनैपनि प्रतिवेदनमा प्रमाणित नभइसकेको अवस्थामा सभापतिलाई पक्राउ गर्नु उचित नभएको पनि बताए।

सम्बन्धित खबरहरु