February 16, 2025

सरकारले ७० प्रतिशत काम गर्‍यो : प्रधानमन्त्री [पूर्णपाठ]

सरकारले ७० प्रतिशत काम गर्‍यो : प्रधानमन्त्री [पूर्णपाठ]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गर्छु भनेका कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गरेका छन् ।

बुधबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै उनले आफू प्रधानमन्त्री भएपछि ‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने’ कुरालाई पहिलो प्राथमिकतामा राखेको र त्यसअनुसार सय दिनमा गर्छु भनेर तय गरेका कामहरूमध्ये ७० प्रतिशत पूरा भएको बताए ।

‘पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालय अन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोकेका थियौँ,’ ओलीले भने, ‘अहिले १०० दिनपछि हेर्दा सबै मन्त्रालयले गर्ने भनेका २७४ वटा काममध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन् । अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्थ्यो ।’

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ :-

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content