July 8, 2025

सेयर बजार उकालो

सेयर बजार उकालो

काठमाडौं । दुई दिनको उच्च गिरावटपछि मंगलबार सेयर बजार उकालो लागेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८८ अंकले बढ्दै २६६५.८१ बिन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा सीमित भएको थियो भने आइतबार पनि नेप्से ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा रोकिएको थियो। यसअघिका चार कारोबार दिनमा भने नेप्से लगातार उकालो लागेको थियो।

सम्बन्धित खबरहरु

भर्खरै