February 10, 2025

दिनदिनै सुनको भाउमा नयाँ रेकर्ड

दिनदिनै सुनको भाउमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा बढी हो।

आइतबार प्रतितोला एक लाख ६५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार ९ सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ। हिजोको भन्दा ५ रूपैयाँ बढेको चाँदी २१ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content