November 13, 2024

शेयरबजार राताम्य हुँदा कारोबार रकम पनि घट्यो

शेयरबजार राताम्य हुँदा कारोबार रकम पनि घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.९९ अकंले घटेर २६३९.९२ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो २२ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै गुमाउनेमा भने ङादी ग्रुप पावरका लगानीकर्ता रहेका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content