काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा बन्द भएको छ। आज ७ अर्ब १९ करोडको सेयर कारोबार भएको छ भने आज गुडविल फाइनान्सका सेयरधनीहरुले सर्वाधिक कमाएका छन् ।
यो कम्पनीको सेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ। आज सर्वाधिक कारोबार भने कुमारी बैंकको भएको छ। यो बैंकको ३३ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।