July 8, 2025

प्रज्ञामा ‘खालिङ भाषा साहित्यको वर्तमान अवस्था’ विषयक विमर्श

प्रज्ञामा ‘खालिङ भाषा साहित्यको वर्तमान अवस्था’ विषयक विमर्श

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको’मातृभाषा साहित्य’को १५औँ शृंखलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको छ ।

यस अवसरमा भाषा अध्येता अर्जुन खालिङले रचित ’खालिङ भाषा साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । ’प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा–प्रतिष्ठानको मातृभाषा साहित्य शृंखला सञ्चालन भएपछि विभिन्न जातजाति र भाषाभाषीमा उत्साहजनक जागरुकता र चासो देखा परेको छ ।

यसै क्रममा ’खालिङ भाषा साहित्यको वर्तमान अवस्था’ विषयक विमर्श भएको हो। तथापि पुँजीवादी चिन्तन र राज्यसंयन्त्रको प्रभावका कारण मातृभाषीले नै मातृभाषा बोल्न छाडेका छन्।यसले गर्दा मातृभाषामा संकटापन्न अवस्था सिर्जना भइरहेको छ । त्यस्तो अवस्थाबाट जोगिँदै ’खालिङ भाषा र साहित्य’ अघि बढ्नुपर्ने बताएका थिए ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको औंचित्यमाथि प्रकाश पार्दै खालिङ भाषा साहित्यको मौखिक इतिहास र खोज अनुसन्धानको थप अध्ययन गर्नुपर्ने बताए ।

कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा शृंखलाले मातृभाषी कविमा निकै ऊर्जा थपिएको छ । हाम्रो मेहनत र पसिनाले पुर्खाको भाषा र कथा बचाएका छौँ ।त्यसैले मातृभाषा ,साहित्य र संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व हो। यसै अनुरूप खालिङ भाषा साहित्यको वर्तमान अवस्थाबारे विमर्श गरिएको हो । नेपालमा बोलिने सबै मातृभाषाको इतिहासलेखन, सिर्जना र खोजअनुसन्धानमा प्रज्ञा–प्रतिष्ठान निरन्तर लागिपरेको बताएका थिए ।

कार्यक्रममा कलाकार धर्ममुनिकारले रैथाने बाजा बाँसुरी प्रस्तुत गरेका थिए । त्यस्तै माझी भाषाका कवि कोपिला माझी र थकाली भाषाका कवि रामबहादुर थकालीले कविता वाचन गरेका थिए । यसैगरी सहभागीका तर्फबाट रामबहादुर पहाडी,सुरेन शाक्य,प्रताप नाछिरिङ,रचना तामाङ,वदन शर्मा , गणेशकुमार राई ’गीलु रातोस’ विसन खालिङ र धन बाहिङले सुझाव तथा जिज्ञासा प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गरेका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै