काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । मूल्यमा रेकर्ड बनाएपछि लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका प्रतितोला रु एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छ ।
साथै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला रु तीसले वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको चाँदीको आजका लागि भने रु एक हजार नौ सय ८० रुपैयाँ कारोबार भएको हो ।