काठमाडौं । बिपी राजमार्गअन्तर्गतको रोशी खोला सडक डाइभर्सन गरी सडक खुलाइएको छ। सडक डिभिजन खाल्टेका अनुसार उक्त खोलाको पानी डाइभर्सन गरी सडक खुलाइएको हो ।
बाढीले उक्त सडक खण्डको रोशी खोला किनारको करिब २ किलोमिटर बाढीले बगाएको थियो। उक्त सडक खुलिसकेको छ। सडक डिभिजन खाल्टेका सूचना अधिकारी तामाङका अनुसार घोप्चो भन्ने स्थानको पनि बाटो खुलिसकेको छ। दशैँमा गाउँ जानेहरूको सहजतालाई मध्यनजर गर्दै छिटो सडक खुलाउन रातिसम्म काम भइरहेको बताइएको छ।