December 11, 2024

शेयर बजार- ११४.७० अंकले बढ्यो, डेढ दर्जन कम्पनीमा सर्किट

शेयर बजार- ११४.७० अंकले बढ्यो, डेढ दर्जन कम्पनीमा सर्किट

काठमाडौं । शेयरबजारले फेरि २६ सयको बिन्दु नाघेको छ । मंगलबार शेयरबजार मापक परिसूचक नेप्से १ सय १४ अंकले बढेर २६ सय २३ को बिन्दुमा पुगेको छ ।

हरियालीपूर्ण बजारमा यसदिन १८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लागेको छ । १८ वटै कम्पनीको शेयर मूल्यमा नाै प्रतिशतभन्दा माथिको वृद्धि भएको छ ।

यस दिन काराेबारमा आएका २ सय ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने एक कम्पनीको मूल्य घटेको छ । युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४ सय १० रुपैयाँले घटेको छ । यस दिन सात अर्ब ६१ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ ।

 

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content