काठमाडौं । शनिबारको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २०९ पुगेको छ । गृह मन्त्रालयका अनुसार २९ जना बेपत्ता छन् भने एक सय ४२ जना घाइते छन् ।
कतिपय स्थानमा अझै सुरक्षाकर्मी पुग्न नसकेकाले बेपत्ता हुनेको संख्या अझै धेरै रहेको आकलन गरिएको छ । बाढी पहिरो प्रभावित जिल्लामा गृहले ८ सहसचिवलाई समन्वयका लागि पठाउने भएको छ ।