February 16, 2025

शेयरबजारमा हरियाली, फेरि नेप्से २५०० भन्दामाथि

शेयरबजारमा हरियाली, फेरि नेप्से २५०० भन्दामाथि

काठमाडौं । शेयरबजारमा बुधबार हरियाली छाएको छ । बजारमापक परिसूचक नेप्से फेरि २५०० को बिन्दुमाथि पुगेको छ । मंगलबार २५०० भन्दा तल झरेको नेप्से बुधबार ४४ अंकको वृद्धि हुँदा २५१४ को बिन्दुमा पुगेको छ ।

बजार बढे पनि यसदिन कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ६७ करोडको कारोबार भएकोमा बुधबार भने ४ अर्ब ८१ करोडको मात्र कारोबार भएको छ । तर, लगातार घटिरहेको बजारमा बुधबारको वृद्धिले लगानीकर्तालाई केही राहत दिएको छ ।

यसदिन पाँचवटा कम्पनीको शेयरमूल्य १० प्रतिशत वृद्धि हुँदा सकरात्मक सर्किट लागेको छ । समग्रमा यसदिन २२३ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा १८ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । तीन कम्पनीको शेयरमूल्य यथावत रहेको छ । हिमालयन हाइड्रोले यसदिन सबैभन्दा धेरै प्रतिकित्ता ३१ रुपैयाँ गुमाएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content